काठमाडौं– महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २६ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्टबैंकबाट स्वीकृत भएसँगै आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपछि २८ करोड २१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।