काठमाडौं– जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत अवसम्मको मुनाफाबाट २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन्।
हाल ११ करोड ८३ लाख २४ हजार ८ सय रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी प्रस्तावित बोनस वितरणपछि १४ करोड ७९ लाख ६ हजार रुपैयाँ पुग्नेछ। गत वर्ष भने लघुवित्तले ४९.४% बोनस सेयर र २.६% नगद लाभांश वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।