काठमाडौं– नेपाल बैंक लिमिटेडले प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंगलवार (मंसिर २१ गते) बुक क्लोज गर्ने भएको छ।
बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
हाल १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार बैंकको चुक्तापूँजी बोनस वितरणपश्चात १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।