काठमाडौं– झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ आँपगाँछीस्थित कमल खोलामा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ।
सोही जिल्लाको झापा गाउँपालिका १ बस्ने ४९ वर्षीय भीम सोरेनको शव सशस्त्र प्रहरीले फेला पारेको हो। उनी शनिबार माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपगाँछीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव डुवेको अवस्थामा फेला पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।