फाइल तस्बिर
काठमाडौं– बारा जिल्लाको सुर्वण गाउँपालिका–७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ केजी गाँजा बरामद गरेको छ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरील बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
बरामद गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।