काठमाडौं– धोबी खोला किनारमा एक पुरुषको शव भेटिएको छ। रातो पुल र कालो पुलबीचको धोबी खोला किनारमा उक्त पुरुषको शव फेला परेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृत फेला पर्नेमा भक्तपुरको चाँगुनारायण-६का ३२ वर्षीय विशाल कार्की छन्। घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
‘के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन। हामी अनुसन्धानमा छौं’ एसपी मैनालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।