• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ओमिक्रोनबारे छैन पर्याप्त जानकारी, तर विश्व नै त्रासमा!

64x64
नेपाल लाइभ सोमबार, मंसिर २०, २०७८  ०९:३३
1140x725

पहिलो पटक दक्षिण अफ्रिका र बोत्स्वानामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टले वैज्ञानिक र जनस्वास्थ्यका अधिकारीहरुलाई चिन्ता बढाएको छ। असामान्य रूपमा अत्यधिक मात्रामा भएको म्युटेसनका कारण उक्त भेरियन्ट फैलिने र भइरहेका खोपहरु प्रभावहीन हुने खतरा बढेको वैज्ञानिकहरु बताउँछन्। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भएको जनाएको छ। भेरियन्टबारे धेरै जानकारी नभए पनि यसले विश्वव्यापी रुपमा पार्ने जोखिम उच्च रहेको बताइएको छ। अन्टार्कटिकाबाहेकका सबैजसो महाद्विपमा यो भेरियन्टका संक्रमित फेला परेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावितमध्येको देश अमेरिकामा यो भेरियन्ट कति मात्रामा फैलिन्छ अहिले नै भन्न धेरै छिटो हुन्छ। डिसेम्बर ४ सम्म संक्रमितहरु दर्जनभन्दा धेरै राज्यमा देखिएका छन्। तर, विज्ञहरूका अनुसार आगामी दिनमा यो संख्या बढ्ने निश्चितजस्तै छ। त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा यो भेरियन्टबाट संक्रमित पाइएका पहिलो व्यक्ति नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट सन फ्रान्सिस्को फर्किएका थिए। उनलाई नोमेम्बर २९ मा संक्रमण पुष्टि भएको थियो।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको यो भाइरसमा सबैभन्दा धेरै ५५ म्युटेसन भएको पाइएको छ। ३२ म्युटेसन यसको ‘स्पाइक प्रोटिन’मा देखिएको छ। यो भेरियन्ट बढी संक्रामक हुने र प्रतिरक्षा प्रणालीबाट बचेर शरीरमा हानी गर्ने क्षमता देखिएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘चिन्ताको विषय’ भन्नुमा पनि यसमा देखिएको संक्रामक गुण धेरै भएरै हो। तर, अहिलेसम्म यसको ठोस प्रमाण पाइएको छैन। जबसम्म अनुसन्धानको परिणाम आएर हाम्रो शरीरमा भएको जिनोम (जिनहरुको समूह) तथ्यांक थाहा हुँदैन, तबसम्म यो भेरियन्टबाट अत्यधिक सतर्क हुने वा सतर्कता कम गर्ने विषय स्पष्ट हुँदैन।

यकिन जानकारीविनै फैलियो त्रास
ओमिक्रोनको खोजले विश्वभर नै त्रास सिर्जना गरेको छ। धेरै देशले दक्षिण अफ्रिकासँगै इजरायल, जापान र मोरोक्कोजस्ता देशहरूबाट हुने उडान र विदेशी यात्रुमाथि पूर्ण प्रतिबन्ध लगाएका छन्।

जनस्वास्थ्य विज्ञहरूले भने यो भेरियन्टबारे केही जानकारी नभएकाले अहिले नै धेरै चिन्ता गर्नु उचित नहुने बताएका छन्। यसको फैलावट र संक्रमण दरबारे प्रमाण नहुँदा यसअघिका भेरियन्टभन्दा कम वा धेरै जोखिमयुक्त छ भन्ने थाहा नभएको उनीहरुको तर्क छ। अमेरिकी विज्ञहरुले पनि अमेरिकामा पुराना भेरियन्टभन्दा अत्यधिक असर गरेको डेल्टाजस्तै यो भेरियन्ट जोखिमयुक्त भए/नभएको स्पष्ट जानकारी नभएको बताएका छन्। 

डेल्टा भेरियन्ट अघिल्ला भेरियन्टभन्दा निकै संक्रामक थियो। खोप नलगाउनेहरुमा यसले धेरै असर गरेको पनि केही तथ्यांकहरुमा देखिएको थियो। तर, यसले खोप प्रभावहीन बनाउने वा बढी घातक हुने थोरै मात्र प्रमाण भेटिएका छन्। ओमिक्रोनबारे त्यति जानकारी पनि हासिल भएको छैन।

वास्तवमा दक्षिण अफ्रिकामा कोरोना भाइरसको यो भेरियन्टका संक्रमितहरुको संख्या निरन्तर उकालो लागेपछि विश्वभरि चिन्ता छाएको हो। दक्षिण अफ्रिकामा अन्य अफ्रिकी देशमा जस्तै खोप धेरैलाई प्रभावकारी रूपमा नलगाइनु र सार्स–कोभ–२ को लागि आवश्यक ‘जिनोमिक निगरानी प्रणाली’ राम्रो भएका देशमध्येमा एक दक्षिण अफ्रिका पनि हुनुले यो भेरियन्ट पत्ता लाग्नु आश्चर्य होइन। दक्षिण अफ्रिकामा यो भेरियन्ट गौतेन्ग राज्यमा पाइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ओमिक्रोनको संक्रमण दर र यसको जोखिमबारे उपयुक्त जानकारी नहुँदा यसको संक्रमणबाट बच्न पुराना भेरियन्टमा अपनाइएकै उपायहरु अपनाउनु पर्ने हुन्छ। विगतमा देखिएका भेरियन्टसँग जुध्न प्रयोग भएका मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने र खोप लगाउने लगायत उपाय अहिलेका लागि सुरक्षित हुने मापदण्ड हुन्।

विज्ञहरु किन चिन्तामा छन्?
कोरोना भाइरस मानिसको शरीरभित्रै रहँदा नयाँ म्युटेसनहरु भइरहन्छन्। धेरैजसो म्युटेसनले खास हानी गर्दैन। तर, कहिलेकाँही हुने म्युटेसन भाइरसलाई मानिसहरुबीचमा फैलिन सक्ने र शरीरको प्रतिरक्षा प्रणालीलाई नै असफल बनाउन सक्ने किसिमले हुन्छ। 

दक्षिण अफ्रिकाका अनुसन्धाताहरुले भाइरसको यो भेरियन्टको ‘स्पाइक प्रोटिन’मा ३० भन्दा धेरै म्युटेसन भएको पाइएको भन्दै चिन्ता जनाएका थिए। भाइरसको सतहमा रहेको यो प्रोटिन कोशिकाहरुसँग घुलमिल भएर अर्को मानिसको शरीरमा प्रवेश गर्न सहायता दिन्छ। बोट्स्वानामा लिइएका केही नमूनामा अन्य भाइरसमा नदेखिएको ५० वटासम्म म्युटेसन भएको पाइएको थियो।

शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ को संक्रमणसँग जुध्दा एन्टिबडीले निशानामा राख्ने मुख्य पदार्थ हो, ‘स्पाइक प्रोटिन’। ओमिक्रोनमा यो मात्रामा म्युटेसन पाइनुले संक्रमण वा खोपमार्फत शरीरमा विकास भएको एन्टिबडीबाट बच्न सक्ने डर देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले पनि चिन्ता पैदा गरेका ‘बेटा’ र ‘मु’जस्ता कोरोनाका पुराना भेरियन्टहरुलाई सम्झिन आवश्यक छ। यिनीहरू शरीरको प्रतिरक्षा प्रणालीसँग थोरै मात्रामा मात्र बच्न सफल भएका थिए। यी भेरियन्टमा भएको कम संक्रामक फैलावटका कारण कहिल्यै पनि विश्वव्यापी डरको विषय बनेका थिएनन्। 

के खोपले काम गर्दैन?
अब खोपले मात्र कोरोना भाइरसबाट विश्वभरिका मानिसलाई बचाउने आशा गरिएको छ। तर, भाइरसका नयाँ भेरियन्टलाई लिएर बेला–बेला चिन्ता जनाउने गरिएको छ। अहिले पनि ओमिक्रोन भेरियन्टविरुद्ध अहिलेसम्म बनेका खोपले काम नगर्ने चिन्ता कतिपयको छ।

तर, वैज्ञानिकहरु ओमिक्रोनको संक्रमणबाट केही मात्रामा भए पनि खोपले रक्षा गर्ने अनुमान गर्छन्। शरीरमा एन्टिबडीको विकास गर्ने मात्रै नभएर भाइरसले संक्रमित बनाएका कोशिकाहरुसँग जुध्न रक्षात्मक कोशिकाको विकास गर्नमा पनि खोपको भूमिका हुन्छ। स्पाइक प्रोटिनमा देखिएको म्युटेसनले यो प्रक्रियालाई असर गर्दैन, जसकारण धेरैजसो विज्ञले गम्भीर बिरामी र मृत्यु हुनबाट खोपले बचाउनेमा विश्वास गरेका छन्।

खोप लिएको ६ महिना वा सोभन्दा बढी हुँदा प्रतिरक्षा कम हुने भन्दै केही जनस्वास्थ्य विज्ञले भने एन्टिबडीको मात्रामा वृद्धि गर्न खोपको ‘बुस्टर’ लिन पनि सुझाब दिएका छन्। अमेरिकी राष्ट्रिय संक्रामक रोग संस्थानका प्रमुख डा. एन्टोनी फाउसीले त्यहाँका नागरिकलाई बुस्टर खोप लिन सुझाव दिए। 

गम्भीर रोगहरूबाट थप रक्षा गर्ने भएकाले बुष्टर लिनु आवश्यक रहेको उनको भनाइ छ। उनले भनेका छन्, ‘हामीले पटक पटक भनिसकेका छौं र यो दोहोर्‍याउनु पनि पर्छ। तपाईंले खोप लगाएको छैन भने लगाउनुहोस्। लगाएको छ भने बुस्ट गर्नुहोस्। मास्क लगाउने, भिडबाट पर बस्ने र भेन्टिलेसन नभएको ठाउँमा नबस्ने जस्ता सुरक्षाका उपायहरू पनि अपनाउनुहोस्।’

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्