काठमाडौं– नेपाल राष्ट्र बैंकले मंसिर २० गते ९ अर्ब ९६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ९१ दिनको ट्रेजरी बिल फगुन २४ गते र १८२ दिनको ट्रेजरी बिल २०७९ साल जेठ २४ गते परिपक्क हुने छ।
ऋण पत्रको बोलकबोल अनलाइनमार्फत् मंसिर २० गते अपराह्न २ बजेसम्म खुल्ला रहनेछ। बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।