काठमाडौं- स्रोत नखुलेको करिब ७० लाख रुपैयाँ नगदसहित दरबारमार्गबाट एक जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले ६९ लाख ५० हजार रुपैयाँसहित हिरोसी खनाललाई पक्राउ गरेको हो।
दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा जाँच गर्दा स्रोत नखुलेको उक्त रकम फेला परेपछि खनाललाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए।
पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।