• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

लिङ्देनको जितसँगै ‘नयाँ राप्रपा’, ३१ वर्षदेखिको विरासत विस्थापित

64x64
दुर्गा दुलाल आइतबार, मंसिर १९, २०७८  १३:३५
1140x725

काठमाडौं– २०४७ सालमा पञ्चायती व्यवस्थाको अन्त्यपछि देश बहुदलीय प्रणालीमा प्रवेश ग¥यो। ३० वर्षसम्म पञ्चायती शासन व्यवस्थाको शक्तिमा रहेकाहरु नयाँ दल खोलेर बहुदलीय प्रतिश्पर्धामा पनि सक्रिय हुन तयार भए। उनीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नाममा संगठित हुन चाहन्थे।

तर, स्थापनाकालमा उनीहरु एउटै पार्टीमा समाहित हुन असफल भए। फलतः राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई वटा पार्टी अस्तित्वमा आए। राप्रपा (चन्द)को नेतृत्व लोकेन्द्रबहादुर चन्दले र थापाको नेतृत्व सूर्यबहादुर थापाले गरेका थिए। तर, २०४८ सालको निर्वाचनमा चन्दको पार्टीले तीन र थापाको पार्टीले एक सिट मात्र जित्यो। स्वयम् चन्द र थापासमेत पराजित भए।

यो पराजयपछि दुवै राप्रपा एक भए। उक्त पार्टीमा थापा र चन्दसहित पशुपतिशमशेर राणा, रवीन्द्रनाथ शर्मा, वालाराम घर्तिमगर, राजेश्वर देवकोटा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापालगायत पञ्चायतकालका शक्तिशाली नेताहरू संलग्न थिए। राप्रपाको भर्खरै सम्पन्न भएको एकता महाधिवेशनअघि तीन अध्यक्षमा उनै संस्थापक नेताहरु राणा, डा. लोहनी र कमल थापा थिए।

स्थापनाको ३१ वर्षपछिको महाधिवेशनबाट पार्टीको नेतृत्व संस्थापकहरुबाट युवा पुस्तामा पुगेको छ। राप्रपा स्थापनापछि २०४९ सालमा गठन गरिएको भातृ संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष रहेका राजेन्द्र लिङदेन नयाँ अध्यक्ष बनेका छन्। उनले अब ‘नयाँ राप्रपा’ बन्ने उद्घोष गरिसकेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा मंसिर १५ देखि महाधिवेशन सुरु हुँदा अध्यक्षका प्रत्यासी लिङदेन पक्षले ‘युवा पुस्ता’को नारा लगाएको थियो। उनको जितपछि स्थापनाकालका नेताहरू राणा, लोहनी र थापा विस्थापित भएका छन्। राणा र लोहनी उम्मेदवार भएकै थिएनन् भने थापा पराजित भए। तत्कालीन राप्रपा (चन्द) का संस्थापक अध्यक्ष चन्द पनि उम्मेदवार भएका थिएनन्।

तीन दशको इतिहासमा पूर्वपञ्चहरूको पार्टी चार पटक विभाजित हुँदा पाँच पटक एकता भयो। स्थापनामै विभाजित भएको कारण फुट्नुभन्दा बढी जोडिएको हो। यसपटक अध्यक्षमा थापा पराजित भए पनि पदाधिकारीमा उनी निकट नेताहरु विजयी भएका छन्। थापा समूहबाट बुद्धिमान तामाङ, भुवन पाठक, रोशन कार्की, कुन्ती शाहीलगायतले पदाधिकारीमा जित हासिल गरेका छन्।

पार्टी फुट्ने र जोडिने क्रम चलिरहँदा लिङदेनले अब युवा पुस्ताले ‘नयाँ राप्रपा’ बनाउन नेतृत्व पाउनुपर्ने बताएका थिए। उनको आह्वानलाई कार्यकर्ताले स्वीकार गरेका छन्। अध्यक्ष निर्वाचित भएसँगै लिङ्देनले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरेका छन्। मत परिणाम सार्वजनिक भइसकेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले अब पार्टीमा कुनै पनि गुट नभएको दाबी गरे। 

‘राप्रपालाई अब गतिहीन र निष्कृय बनाएर लगिँदैन, अझै सशक्त बनाएर लगिने छ,’ उनले भनेका छन्, ‘अग्रजहरुको सम्मान गर्दै ६ महिनाभित्र राष्ट्रिय शक्ति बनाएर निर्वाचन र सडक संर्घष गर्दै देशको वैकल्पिक शक्ति बनाउने मेरो संकल्प हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

के फेरि विभाजन हुनसक्छ? 
राप्रपासँग एउटा अनौठो संयोग छ। हरेक पटक हुने महाधिवेशनपछि पार्टी विभाजन हुने गरेको छ। २०५४, २०५९, २०७१, २०७३ सालमा भएका महाधिवेशनपछि पार्टी फुटतर्फ गएको थियो।

त्यसअघि राप्रपा गठन नहुँदै विभाजित भएको थियो। पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि पूर्वपञ्चहरु राजनीतिमा सक्रिय हुन नयाँ पार्टी गठनको अभियानमा लागे। पार्टीको नाम, विधान र झन्डा तयार गरे। तर, पार्टी नेतृत्व कसले गर्ने भन्नेमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच विवाद भयो। एउटै पार्टी बन्न सकेन।

२०४७ जेठ १५ मा राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी घोषणा भयो। बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले हार बेहोरे। देशभरका २०५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जिते।

राप्रपा ‘चन्द’ बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा)बाट जित्ने एक्लो सांसद बने। थापा र चन्द दुवै जना हारेपछि पार्टी एकताको आधार बन्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही महिनाको प्रयासपछि उनीहरू पार्टी एकताका लागि तयार भए। पार्टीको नाम पछाडी झुन्डाएको चन्द र थापा हटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी राखियो। चुनाव चिन्ह हलो राख्दै नेतृत्व प्रजातन्त्रिक प्रक्रियाअनुसार प्रत्येक पाँच वर्षमा परिर्वतन गर्न सहमत भए। २०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने।

तर, पार्टीमा थापा र चन्द गुट कायमै रह्यो। हरेक पटक महाधिवेशन हुँदा नेतृत्व होडबाजीमा पार्टी फुट्न थाल्यो। २०७४ सालअघि त राप्रपा नै तीन वटा बनेका थिए। तीन पार्टीको नेतृत्वमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी थिए। २०७४ सालपछि राप्रपाको एकता हुँदा तीन जना नै अध्यक्षमा कायम भए।

एकता महाधिवेशनमा अरु दुई अध्यक्ष पछि हटे पनि कमल थापा फेरि नेतृत्वका लागि अगाडि बढे। तर, युवा पुस्ताबाट आएका लिङदेनलाई राप्रपाका केही पुराना नेताले साथ दिए। उनलाई अध्यक्ष डा. लोहनी, जगत गौचन, रामकुमार सुब्बा, टंक ढकाललगायतको समर्थन थियो। नेपालगञ्जका मेयर धवलशमशरे राणासमेत लिङदेनको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर जित हासिल गरे। विक्रम पाण्डे उपाध्यक्षमा दुवै पक्षको साझा उम्मेदवार थिए।

अब भने राप्रपामा फुटको इतिहास दोहोरिने सम्भावना न्यून रहेको पदाधिकारीमा निर्वाचित एक नेताले बताए। ‘राप्रपा अब नयाँ रुपमा गएको छ। जो विभाजित हुन्छ, त्यो समाप्त हुन्छ,’ ती नेताले भने, ‘अहिलेको अवस्थामा आम कार्यकर्ताले नयाँ पुस्ता रुचाएर मतदान गरेका छन्। अब सबै मिलेर नयाँ वैकल्पिक शक्ति बन्नुको विकल्प छैन।’  

लिङदेनको चुनौती : संगठन निर्माण र निर्वाचनमा सम्मानजनक स्थान
राप्रपा अध्यक्षको जिम्मेवारी पाएसँगै अब लिङदेनलाई चुनौतीहरु थपिएको छ। उनले मुख्यगरी पहिलो पुस्तालाई पार्टीमा सम्मानजकन स्थान दिनुपर्ने छ। त्यसैगरी आगामी निर्वाचनमा संगठन बनाउनेदेखि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीलाई सम्मानजनक स्थान दिलाउनुपर्ने छ। 

देशभर संगठन रहे पनि कार्यकर्ता सक्रिय छैनन्। अब ती कार्यकर्तालाई जोश जाँगर थपेर संगठनमा लगाउनुपर्नेछ। कांग्रेस, एमाले र माओवादी केन्द्रसँग प्रतिश्पर्धा गर्नुपर्ने हुनाले कार्यकर्ताको मनोबल पनि उठाउनुपर्नेछ। 

अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका लागि उनी मात्र निर्वाचित हुन सकेका थिए। अबको निर्वाचनमा उनी पार्टीका अन्य उम्मेदवारका लागि पनि खट्नुपर्नेछ। यदि, राप्रपाले आगामी निर्वाचनमा सम्मानजनक स्थान ल्याउन नसके उनीहरुको राजतन्त्र र हिन्दूराज्यको अजेन्डा अन्य पार्टीले बोकेर अगाडि आउने निश्चित छ।

अहिले पनि प्रमुख प्रतिपक्ष नेकपा एमालका अध्यक्ष केपी ओली हिन्दू धर्मका नाममा मत तान्न प्रयास गरिरहेका छन्। कांग्रेसमा पन हिन्दूराज्य हुनुपर्ने मत राख्ने नेता छँदैछन्। यो पनि लिङदेनका लागि चुनौतीको विषय हो।

अध्यक्षमा पराजित भएपछि कमल थापाले उनीमाथि ‘शीतल निवासको आशिर्वाद पाएको’ आरोप लगाएका छन्। थापा असन्तुष्ट भएको स्पष्टै छ। उनलाई पनि मिलाएर पार्टीभित्र सन्तुलन राख्नुपर्ने ठाउँमा लिङदेन छन्। भावी दिनमा उनले गर्ने पदाधिकारी मनोनयनमा अक्कल पु¥याउन सके मात्र राप्रपा एक भएर चुनावमा जानसक्ने अवस्था बन्छ। 

राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमितिमा १४९ जना महाधिवशेनबाट निर्वाचित हुन्छन्। अध्यक्षले निर्वाचित पदाधिकारीबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ। उनले थप तीन महामन्त्री, तीन उपाध्यक्ष, सहायक महामन्त्री र प्रवक्ता मनोनयन गर्न पाउने छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्