काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। चाँदीको भाउ पनि आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। शुक्रबार यस्तो सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज प्रतितोला ७०० रुपैयाँले मूल्य बढेको हो।
यस्तै तेजावी सुनको मूल्य पनि आज ६०० रुपैयाँले बढेको छ। शुक्रबार ७८ हजार २७५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ७८ हजार ८७५ पुगेको हो।
यसैगरी चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबार एक हजार १९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।