काठमाडौं– नेसनल हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको नाफा २ करोड ३७ लाख ६५ हजार रुपैयाँमात्र थियो। एक वर्षमा कम्पनीको नाफा ५६ करोड ३६ लाख ७८ हजार रुपैयाँले बढेको विवरणमा उल्लेख छ।
तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बोलकबोलमा गरिएको लगानीमध्ये ६१ करोड ७२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेकाले नाफा बढेको हो।
यसअवधिमा कम्पनीले १ करोड ३५ लाख ७६ हजार रुपैयाँ रेभिन्यू संकलन गरेको विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।