काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (आइतवार) हुँदै छ।
अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने सभाले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
सभाले हाल कायम संस्थापक र सर्वसाधारणको सेयर अनुपात परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः ४०) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।