काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर २८ गते बोलाइएको संसद् अधिवेशन नियमित हिउँदे अधिवेशन भएको बताएका छन्। शनिबार चितवनमा प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनमा सम्बोधन गर्दै उनले अधिवेशन बोलाउनैपर्ने भएकाले बोलाएको बताएका हुन्।
'अहिले न्यायालयको समस्या छन्। न्यायालयमा के होला भन्ने एउटा चिन्ता, अर्को एमसीसीले के गर्छ भन्ने चिन्ता छ। २८ गते सदन बोलाइएको छ। कसैले सोचेका छन्, एमसीसीको लागि बोलाइएको हो कि भन्ने छ। कसैले सोचेका छन्, महाभियोगको लागि हो कि भनेर,' उनले भने, 'यो हिउँदे अधिवेशन हो। अधिवेशन हामीले बोलाउनैपर्थ्यो।'
उनले सदनभित्र राजनीतिक दलको बीचमा समझदारी बनाएर जाने बताए। 'एमसीसीको बारेमा पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छौं। कसैले जबर्जस्ती गरेर हुने कुरा छैन। महाभियोग पनि राष्ट्रिय हितअनुसार राजनीतिक सहमतिका आधारमा हुने/नहुने कुरा हुन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।