काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।
निर्वाचनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको भएपनि मध्याह्न १२ बजेदेखि मतदान सुरु भएको हो। विद्युतीय मेसिनमा उम्मेदवारको नाम रुजु गर्न समयम लागेकाले मतदान समयमै सुरु गर्न नसकिएको राप्रपाको निर्वाचन समितिले जनाएको छ।

राप्रपामा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।
१९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन्। अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको हो। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ।
चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ। उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ। करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।
राप्रपामा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि हुने भनिएको मतदान केहीबेरअघिमात्र सुरु भएको हो। विद्युतीय मेसिनमा उम्मेदवारको नाम रुजु गर्न समय लागेकाले तोकिएको समयमा मतदान सुरु हुन सकेको थिएन। मतदानका लागि शीर्ष नेताहरु मतदानस्थल भृकुटीमण्डप पुगेका छन्।

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।