काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको अगाडि आत्मसमर्पण गरेर संविधान कुल्चने चेष्टा गरेको बताएका छन्।
शनिबार चितवनमा आयोजित एक कार्यक्रममा उनले भने- 'गत साल कम्युनिस्ट पार्टीकै नामबाट हामीले नै प्रस्तावित गरेको प्रधानमन्त्री विदेशी प्रतिक्रियावादीको अगाडि आत्मसमर्पण गरेर संविधान कुल्चने, जनताले पाएको अधिकार उल्ट्याउने कुचेष्टा गर्ने बडो बिडम्बनाको स्थिति भयो।'
उनले त्यतिबेला आफूहरुले जनताले ७० वर्ष लडेर ल्याएको संविधान, गणतन्त्र, संघीयता र समानुपातिक समावेशी उल्ट्याउन पाइँदैन भनेर आन्दोलन गरेको बताए। 'आन्दोलन सफल भयो। प्रतिक्रियावादीहरुको प्रतिक्रान्तितिर यो देशलाई लैजाने, अँध्यारो सुरुङभित्र यो देशलाई हाल्ने षडयन्त्र परास्त भयो', उनले भने।
प्रचण्डले पुराना राजनीतिक दलहरुले संविधानसभा, गणतन्त्र, महिला र सबै उत्पीडित समुदायले अधिकार, सिंहदरबारमा भएको अधिकार गाउँमा जाओस् भन्ने नचाहेको बतँए। 'त्यो सबै माओवादी लडाइँ र जनताको आन्दोलनकै कारण सम्भव भएको थियो', उनले भने, 'तर, हिजोका आफूलाई ठूला भन्ने पार्टी र नेताहरुबाट मौका पायो भने यसलाई उल्ट्याउने, फेरि सिंहदरबारबाट गाउँपालिका र नगरपालिकामा आएको अधिकार फर्काएर सिंहदरबारमा पुर्या उने, महिलाहरुले पाएको अधिकार फर्काएर फेरि पुरुषकै अधिनस्थ पार्ने र सबै उत्पीडित वर्ग समुदायलाई फेरि थिचोमिचो गर्ने कोसिस भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।