काठमाडौं– २०७२ सालको भूकम्पले क्षतिग्रत काष्ठमपण्डको पुनर्निमार्ण अन्तिम चरणमा पुगेको छ।
शुक्रबार महानगरपालिकाअन्तर्गत रहेको ‘काष्ठमण्डप पुनर्निमार्ण समिति’ले पत्रकार सम्मेलन गर्दै पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
काठमाडौं माहानगरपालिकाको ११ करोड ५० लाख आर्थिक सहयोगमा उक्त सम्पदा पुनर्निमार्ण भएको थियो। २०७५ कात्तिकदेखि पुनर्निमार्ण थालिएको काष्ठमण्डको बाहिरी प्रदेशद्धारहरुको खुड्किला र पेटीहरु बनाउने कामबाहेक अरु सबै सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निमार्ण समितिका अध्यक्ष राजेश शाक्यले बताए।
‘काष्ठमण्डपको जगमा भुकम्पबाट कुनै क्षति नपुगेकाले पुरानै जगमा त्यसैमाथि गारो लगाइएको छ। त्यसैले पुनर्निमार्णको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने,‘प्रवेशद्धारहरुको खुड्किला र पेटीहरु बनाउने काम भइरहेको छ। बाहिरी बारको काठ तयार गर्ने काम पनि अन्तिम चरणमा रहेको छ।’
अहिले काष्ठमण्ड पुननिमार्णमा पुराना करिब १५ प्रतिशत काठ प्रयोग गरिएको छ। बाँकी सालको मात्र काठ प्रयोग गरेर बनाइएको छ। काष्ठमण्डपको पुनर्निमाणमा कात्तिक मसान्तसम्म ११ करोड ४२ लाख ६८ हजार खर्च भएको छ।
काष्ठमण्डप पुनर्निर्माणको लागि धरहरा र ताहचलको माटो प्रयोग गरिएको र केही नयाँ काठको प्रयोग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।