काठमाडौं– संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
सरकारी वकिलले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।
तामाङसहित उनकी २ छोरीलाई पनि प्रतिवादी बनाइएर मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।
प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि गत शुक्रबार (मंसिर १० गते) सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।
उनीसहित अरु ११ जना पनि पक्राउ परेका थिए। सुरुमा ठगी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका तामाङको संगठित ठगी उजागर भएपछि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।