• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

वृद्धभत्ताको पैसा लुट्न हत्या, मारिसकेपछि भेटियो ५० रुपैयाँ !

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १७, २०७८  १७:०२
1140x725

काठमाडौं– मंसिर ७ गते काठमाडौंको बाफलमा जलेको अवस्थामा एउटा वृद्धको शव भेटियो। 

शवको पहिचान मेटाउने गरी जलाइएको पाइएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढायो। प्रहरीलाई सुरुमा मृत व्यक्तिको सनाखत गर्नै गाह्रो भयो। 

अनुसन्धान सुरु भएको करिब १० दिनपछि प्रहरीले मृत फेला परेका व्यक्तिको सनाखत गर्न सक्यो। जलेको अवस्थामा भेटिएको शव काभ्रेको तिमाल गाउँपालिका–८ घर भइ बाफल बस्ने ७६ वर्षीय टेपबहादुर भनिने हर्कबहादुर बानियाको भएको खुल्यो। 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार १० दिन लामो अनुसन्धानपछि उक्त शवको सनाखत हुन सकेको हो। शवको सनाखत भएपछि प्रहरीले सुरुमा मृत भनेर आशंका गरिएका व्यक्ति नै अभियुक्त भएको समेत खुल्यो। 

स्थानीयका अनुसार बानियाको शव भेटिएको ठाउँमा सुशील शर्मा नाम गरेका व्यक्ति बस्दै आएका थिए। सुशील बाफल क्षेत्रमा मागेर हिँड्ने गरेका थिए। बस्ने ठाउँमा नै शव भेटिएपछि सुरुमा प्रहरीले मृतक व्यक्ति सुशील भएको आशंका गरेको थियो। 

यद्यपि अनुहार समेत डढेकाले शवको पहिचान हुन सकेको थिएन। त्यसपछि अपराध महाशाखाका डिएसपी कृष्ण चन्द नेतृत्वको टोलीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले सुरुमा मृत भनेर आशंका गरेका शर्मा नै अभियुक्त भएको खुल्यो। 

‘शव कसको हो भन्ने हामीलाई पहिचान गर्न निकै गाह्रो भएको थियो। शवको सनाखत भएपछि हामीले मृत भनेर आशंका गरिएका व्यक्ति नै अभियुक्त भएको पाइयो,’ महाशाखाका एसएसपी खापुङले भने।  

मृतकको फिंगर प्रिन्ट समेत सुरक्षित राखेर अनुसन्धान गरेको र पछि सनाखत भएपछि बानियाले वृद्ध भत्ता निकाल्दा फिंगर प्रिन्टसँग मेल खाएपछि मृतक बानिया नै भएको पुष्टि भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बानियाका भतिजमार्फत् उनको शवको सनाखत भएको थियो। गत ४ मंसिरमा भतिजसँग बाटोमा बानियाको जम्काभेट भएको थियो। मलेसियाबाट फर्किएका भतिजले भिडियो समेत बनाएका थिए। उक्त भडियोमार्फत् मृत व्यक्ति प्रहरीले पहिले आशंका गरेका सुशील नभएर बानिया भएको खुलेको थियो। त्यसपछि प्रहरी अनुसन्धानमा सुशील तानिएका थिए। 

बानियाले वृद्ध भत्ता समेत निकाल्ने गरेको र भतिजसँग भेट हुँदा उनले समेत पैसा दिएका हुनसक्ने भएकाले बानियासँग राम्रै पैसा हुनसक्ने आशंकामा सुशीलले बानियालाई आफू सुत्ने ठाउँमा (गाईबाख्रा चोकस्थित एउटा खण्डहर घर) लगेर हत्या गरेको खापुङले बताए। 

‘पैसा भएको हुनसक्ने आशंकामा आफू सुत्ने ठाउँमा रक्सी समेत खुवाएर सुशीलले बानियाको गोजीबाट पैसा निकाल्न खोजेका रहेछन्। बानियाले थाहा पाएपछि विवाद हुँदा हिर्काएर सुशीलले हत्या गरेको पाइयो,’ एसएसपी खापुङले भने। 

हत्यापछि सुशीलले आगोले जलेर आफैं मृत्यु भएको हो भन्ने देखाउनका बानियाको शरीरमा आगो लगाएर फरार भएको अनुसन्धानबाट खुलेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुरुमा सुशीलले आफूलाई घटनाबारे केही जानकारी नै नभएको दाबी गरेका थिए। यद्यपि उनको चप्पल र कपालको केही भाग डढेको देखिएकाले प्रहरीले उनलाई निगरानीमै राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले सुशीलको साथबाट आधा जलेको ५० रुपैयाँ समेत बरामद गरेको छ। उक्त ५० रुपैयाँ सुशीलले बानियाको गोजीबाट थुतेका थिए। 

प्रहरीका अनुसार बानियासँग टन्नै पैसा हुनसक्ने आकलन गरेर त्यही पैसा हत्याउन सुशीलले हत्या गरेका देखिएको छ। तर, सुशीलले हत्यापछि भने बानियाबाट पैसा फेला पार्न नसकेको बयान दिएका छन्।  

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्