काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ।
उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्। उक्त हाइड्रो पावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ।
हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। सम्झौता पत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उप–व्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।