काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद बहाली गरेका छन्। चितवनमा सम्पन्न पार्टीको १०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका ओलीले शुक्रबार पार्टी मुख्यालय थापाथली पुगेर पद बहाली गरेका हुन्।
चुनावी प्रतिस्पर्धामा भीम रावलले भारी मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हु्न्।
एमालेको अध्यक्षका रुपमा ओलीको दोस्रो कार्याकाल हो। उनी यसअघि काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट माधव कुमार नेपाललाई झिनो मतअन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए।
आठौं महाधिवेशनमा पनि अध्यक्षका प्रतिस्पर्धी रहेका ओली त्यतिबेला भने झलनाथ खनालसँग पराजित भएका थिए।
एमाले अध्यक्षका रुपमा ओलीको अबको कार्यकाल ५ वर्षको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।