काठमाडौं– अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। शुक्रबार दिउँसो ११ बजे आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएको अभिनेत्री थापाले नेपाल लाइभसँग बताइन्।
बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
२०७० सालमा माओवादी पार्टी प्रवेश गरेर सक्रिय राजनीति छिरेकी रेखा २०७३ मंसिरमा तत्कालीन राप्रपामा प्रवेश गरिकी थिइन्। त्यस यता राप्रपामै रहेकी उनी हालको अधिवेशनमा काठमाडौं क्षेत्रका लागि महाधिवेशन प्रतिनिधि पनि हुन्।
पार्टीमा ६ जना महामन्त्री रहने व्यवस्था छ। तीमध्ये तीन निर्वाचित हुने र एक महिला हुनुपर्ने प्रावधान प्रस्ताव हुँदा रेखाले पनि उम्मेदवारी दर्ता गरेकी हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार कमल थापाको प्यानलबाट कुन्ती शाहीले महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।