काठमाडौं- नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो।
महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ।
चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।