काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका राणा शुक्रबार बिहान साढे ९ बजे डिस्जार्च भएका हुन्।
प्रधानन्यायाधीश राणा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए।
उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। बिहीबार इजलास छाडेर बैठकमा बसेका न्यायाधीशहरुसँगको टेलिफोन कुराकानीमा राणाले आफू अस्पतालबाट आएपछि छलफल गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।