जाजरकोट- रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान रा१प ४४१२ नम्बरको ट्र्याक्टर दुर्घटना श्रीमानको मृत्यु भएको हो भने श्रीमती घाइते भएकी छन्।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा विहान ३ बजे दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।
उनकी श्रीमती सपना विक घाइते भएकी छिन्। उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।