काठमाडौं– भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित हुँदै छ। राष्ट्रिय बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ।
सबै प्राविधिक काम सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले जनाएको छ। यसअघि बोर्डले मंसिर २० गतेभित्रनतिजा प्रकाशन गर्ने बताएको थियो।
परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार विद्यार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।