काठमाडौं- युरेनियम भन्दै दुई करोड रुपैयाँमा बेच्न लागेको पदार्थ प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले युरेनियमजस्तो टल्कने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-६ घर भइ काठमाडौं मनमैजु बस्ने ३१ वर्षीय प्रदीप घिमिरे, विदुर-२ का ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङका ३६ वर्षीय रञ्जित कार्की छन्। उनीहरुको साथबाट युरेनियमजस्तो टल्कने पदार्थ १२ सय ग्राम बरामद भएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।
बुधबार साँझ ५ बजे बालाजु वसन्तनगरस्थित गेष्ट हाउसमा उक्त पदार्थ किनबेच हुन लागेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।