काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब रूपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै आज (बिहीबार) ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो।
फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउनेछन्। बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्ने जानकारी दिएको छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो। यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिनभित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।