काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
बुधबार ५.२८ अंक बढेर २६३३.६६ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ०.०२ अंक घटेर २६३३.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५७ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १३ कम्पनीको १६ लाख ७२ हजार २१७ रुपैयाँ बराबरको १ हजार ७१ कित्ता सेयर खरिदबिक्री भएको छ।
करोबारमा आएकामध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटाको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।