काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लांभाश घोषणा गरेको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई साढे १० प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्स सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाकाट पारित भएपछि वितरण गरिनेछ।
हाल ८६ करोड ४० लाख रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी प्रस्तावित बोनस शेयर वितरणपश्चात् ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।