काठमाडौं- लुम्बिनी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका चार वटा इलाका प्रहरी कार्यालय (इप्रका)हरुलाई स्तरोन्नति गर्नुपर्ने सुझाव प्रहरी हेडक्वार्टरले बनाएको अनुगमन टोलीले दिएको छ।
लुम्बिनी प्रदेशका जिल्लाहरुका सीमा क्षेत्रबाट हुने तस्करी र प्रहरीको कार्यशैलीप्रति व्यापक गुनासो आएपछि हेडक्वार्टरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई नेतृत्वको अनुगमन टोली खटाएको थियो। उक्त टोलीले स्थानीय निकायको पुन:संरचना, सडक पूर्वाधार, बस्ती विस्तार, सहरीकरण, जनघनत्वका बढ्दै गएकाले चार वटा इप्रककाको स्तरोन्नति गर्नुपर्ने सुझाव औँल्याएको हो।
जसमा सई इञ्चार्ज हुँदै आएको इप्रका जमुनाह, बाँकेमा इन्सपेक्टर इञ्चार्ज हुनुपर्ने औँल्याएको छ। जमुनाहलाई स्तोन्नति गर्दै सीमा प्रहरी चौकी जयसपुरलाई इप्रका जमुनाहको मातहत राख्नुपर्ने सुझाव उल्लेख गरिएको छ।
त्यसैगरी 'ख' वर्गको इप्रका सोनाश्री, बर्दिया पनि सुरक्षाका दष्टिले चुनौतीपूर्ण रहेकाले त्यसलाई पनि स्तरोन्नति गर्दै इन्सेपेक्टरको दरबन्दी राख्नुपर्ने सुझाव दिइएको छ। इप्रका धकदही, रुपन्देहीलाईलाई स्तरोन्नति गरी इन्सपेक्टरको दरबन्दी राख्नुपर्ने सुझावमा समेटिएको छ।
उता कपिलवस्तुको इप्रका महाराजगञ्जलाई पनि 'क' वर्गमा स्तरोन्नति गर्दै इन्सपेक्टरको दरबन्दी राख्नुपर्ने अनुगमन समितिले औँल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।