प्रहरी प्रधान कार्यालय, फाइल तस्बिर
काठमाडौं– गत कात्तिक १० गते सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) अनुपमा भारतीलाई कारबाही गरिएको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) भारतीलाई कारबाही गरेको हो। असई भारतीको लापरबाहीका कारण सिंहदरबारभित्र दिउँसै गोली चलेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गरिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘सिंहदरबार जस्तो मुख्य प्रशासनिक निकायमा दिउँसै गोली चल्नुलाई गम्भीर घटनाका रुपमा लिँदै छानबिन गरिएको थियो। सो क्रममा भारतीको लापरबाहीका कारण गोली चलेको भन्ने निष्कर्ष निस्केपछि उनलाई कारबाही गरिएको हो।’
असई भारतीलाई अभिलेखमा गणना हुने गरी नसियत दिइएको प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ। उनलाई पीएसओको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयमा तानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।