• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन : जिल्ला सभापतिमा देउवापक्ष स्पष्ट बहुमततर्फ

64x64
लिलु डुम्रे बुधबार, मंसिर १५, २०७८  १५:५२
1140x725

काठमाडौं– नेपाली कांग्रेसकाे १४औं महाधिवेशनका लागि भएका जिल्ला अधिवेशनहरुमा सभापति शेरबहादुर देउवापक्ष स्पष्ट बहुमततर्फ अगाडि बढेको छ। कांग्रेसको वर्तमान संस्थापन (देउवा)पक्षले जित हात पारेका जिल्ला सभापतिको संख्यामा गरेको सुधारलाई आधार बनाउँदा सभापति देउवा बलियो देखिएका हुन्।

गत महाधिवेशनमा जिल्ला सभापतिमा अल्पमतमा रहेका देउवाले १४औं महाधिवेशनमा बहुमत सभापति आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। हालसम्म सार्वजनिक जिल्ला सभापतिको विजयी अंकमा देउवापक्ष बहुमतमा देखिएको छ। 

हालसम्म अधिवेशन सकिएका ६१ जिल्लामध्ये ३१ जिल्ला सभापति देउवापक्षका विजयी भएका छन् भने २७ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले जितेको छ। झापा र बागलुङमा नेता कृष्णप्रसाद सिटौलापक्षका सभापति विजयी भएका छन्। जाजरकोटमा सर्वसम्मतिले सभापति चुनिएका वेदराज सिंह हालसम्म तटस्थ देखिएका छन्। सिंह थपिँदा ३२ जिल्ला सभापति देउवापक्षमा पुग्छ।

संस्थापनइतरले आफ्नो पक्षमा आउने भनी दाबी गरेका केही जिल्लामा सभापति गुमाएको छ। साे पक्षले लमजुङ, ताप्लेजुङ, कास्की, रामेछाप, इलाम, काभ्रे, सोलुखुम्बु, तनहुँलगायत जिल्लामा सभापति गुमाएको हो। ती स्थानका सभापति आफ्नो पक्षबाट विजयी हुनेमा संस्थापनइतर ढुक्क जस्तै थियो।

कास्कीमा संस्थापनइतरका चार सभापति एक स्थानमा उभिँदासमेत किशोरदत्त बरालले जित निकालेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नै उनी पक्षीय सभापतिका प्रत्यासी बैकुण्ठ न्यौपाने पराजित भएका थिए। तनहुँमा विजयी जितप्रकाश आलेलाई नेता पौडेलले आफू निकट भनेपनि उनी संस्थापनको बलले विजयी भएका हुन्। हाल तटस्थ रहेको बताउँदै आएका जाजरकोटका सभापति वेदराज सिंह पनि आफ्नै समूहको भएको संस्थापनपक्षको दाबी छ।

बैतडीका जिल्ला सभापतिमा विजयी चतुरबहादुर चन्दले जित्नका लागि पौडेलपक्षसँग सहकार्य गरेपनि उनी देउवा पक्षकै भएको दाबी संस्थापन पक्षको छ।

स्याङ्जाका जिल्ला सभापति राजु थापा नेता गगन थापाको पक्षमा देखिएपनि महाधिवेशनमा देउवातिरै ढल्कने 'देउवा क्याम्प'को विश्वास छ। ललितपुरमा नेता उदयशमशेर राणाको पक्षबाट विजयी जितेन्द्र श्रेष्ठलाई संस्थापनइतरले आफ्नो समूहको दाबी गरेको छ।

नेता प्रकाशमान सिंहनिकट रहेका श्रेष्ठलाई पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटार बोलाएर भेटिसकेका छन्। श्रेष्ठ आफ्नो पक्षमा रहेको संस्थापनइतरको बुझाइमा सत्यता नरहेको देउवा पक्षको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

अधिवेशन सकिन बाँकी रहेका जिल्लामा समेत देउवा पक्षकै बढी सभापति निर्वाचित हुने आकलन छ। प्रदेश २ का आठ जिल्लासहित अछाम, कैलाली, बाँके, पूर्वी नवलपरासी, सिन्धुली, चितवन, सिन्धुपाल्चोक र मकवानपुरको जिल्ला अधिवेशन हुन बाँकी छ।

सभापतिको उम्मेदवार बनेका उपसभापति विमलेन्द्र निधिभन्दा प्रदेश २ मा बढी शक्ति देउवाको रहेको दाबी संस्थापनपक्षको छ। सुदूरपश्चिममा देउवाकै प्रभाव रहेकाले अछाम र कैलालीमा उनी पक्षीय नै विजयी हुने विश्लेषण छ। देउवानिकट नेता मोहन बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोक र संस्थापनपक्ष बलियो हुनाले मकवानपुरमा समेत आफ्नो पक्षले सभापतिमा जित्ने दाबी संस्थापनको छ। संस्थापन पक्षको दाबीलाई आधार मान्ने हो भने जिल्ला अधिवेशन हुन बाँकी रहेको चितवनमा मात्रै पौडेलपक्ष विजयी हुने सम्भावना छ। बाँकेमा पनि देउवापक्ष बलियो छ। 

१३औं महाधिवेशनमा देउवाको पक्षमा ३३ जिल्ला सभापति खुलेका थिए। ४२ जिल्ला सभापतिले सभापतिमा पौडेललाई विजयी गराउन महाधिवेशन प्रतिनिधिलाई सार्वजनिक अपिल नै गरेका थिए। हाल सार्वजनिक नतिजा र अधिवेशन सकिन लागेका अन्य जिल्लाको अवस्था हेर्दा बहुमत जिल्ला सभापति देउवाको पक्षमा हुने देखिन्छ। गत महाधिवेशनमा प्रतिनिधिलाई विशेष महत्त्व दिएका देउवाले यसपटक जिल्ला सभापतिको संख्या बढाउन प्रयत्न गरिरहेका छन्।

देउवापक्षले जितेका जिल्ला र सभापतिः
१.उदयपुर– हिक्मत कार्की 
२.भक्तपुर– दुर्लभ थापा
३.लमजुङ– टकराज गुरूङ
४.सल्यान– केशवबहादुर विष्ट
५.डोल्पा–  दीपेन्द्रबहादुर शाही
६.डडेल्धुरा– भीमबहादुर साउद
७.म्याग्दी– खमबहादुर गर्बुजा
८.ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङ
९.मुगु– ऐनबहादुर शाही
१०.पाँचथर– रूपनारायण जवेगु
११.मनाङ– शंकर गुरूङ देउवा
१२.हुम्ला– मोहनविक्रम सिंह
१३.बझाङ– खड्क बोहरा
१४.रामेछाप– पूर्णबहादुर (कान्छाराम) तामाङ
१५.जुम्ला– कर्णबहादुर शाही
१६.डोटी– नरेन्द्रबहादुर सिंह
१७.रूकुम पश्चिम– प्रेमप्रकाश वली
१८.ओखलढुंगा– तेजेन्द्र खनाल
१९.पर्वत– युवराज जोशी
२०.इलाम– डम्बरबहादुर खड्का
२१.सुर्खेत– खड्ग पोखरेल
२२.रूपन्देही– रामकृष्ण खाण
२३.कास्की– किशोरदत्त बराल (संस्थापनइरतले अत्यन्तै कमजोर भएको महसुस गरेको जिल्ला)
२४.काभ्रे– तीर्थ लामा
२५.तनहुँ– जितप्रकाश आले
२६. ललितपुर– जितेन्द्रकुमार श्रेष्ठ
२७.कञ्चनपुर– पदम बोगटी
२८. बर्दिया– अरुण प्रकाश सिंह राठौर
२९.धनकुटा– दिनेश राई
३०.सोलुखुम्बु– नाम्गेल जाङ्बु शेर्पा
३१.रसुवा– पेम्बाछिरिङ तामाङ

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापतिः
१.कपिलवस्तु– अब्दुल कलाम खाँ
२.प्युठान–  विष्णुकुमार गिरी
३.अर्घाखाँची–  केशव श्रेष्ठ
४.रोल्पा– किशोर आचार्य
५.बैतडी–चतुरबहादुर चन्द (देउवालाई नै मत दिने संस्थापन पक्षको दाबी)
६.दोलखा– बर्मा लामा
७.गोरखा– नन्दप्रसाद न्यौपाने (महामन्त्रीमा गगन थापालाई सघाएपनि सभापतिमा संस्थापनइरतका अन्य नेतालाई मत नदिने देउवा पक्षको दाबी)
८.कालिकोट–  अम्बबहादुर शाही
९.संखुवासभा–  दीपक खड्का
१०.रूकुमपूर्व– केशरमान रोका
११.मुस्ताङ– रोमीगौचन थकाली
१२.भोजपुर– विनोद वान्तवा
१३.बाजुरा– रामसिंह रावल
१४.तेह्रथुम– अर्जुन तुम्बाहाम्फे
१५.नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल
१६.पाल्पा– हिमालदत्त श्रेष्ठ
१७.स्याङ्जा– राजु थापा (देउवा पक्षले आफ्नो भएको दाबी गरेका)
१८.खोटाङ– विष्णुकुमार राई
१९.दार्चुला– ललितसिंह बोहरा
२०.नुवाकोट, सभापति रमेश महत
२१.दाङ– शंकरप्रसाद डाँगी
२२.दैलेख– मणिराम रेग्मी
२३.गुल्मी, सभापति खिलध्वज पन्थी
२४.काठमाडौं– कृष्णसबुज बानियाँ
२५.धादिङ– रामनाथ अधिकारी
२६. सुनसरी– केदार भण्डारी (सिटौैला पक्षले आफ्नो समूह भनि दाबी गरेका)
२७. माेरङ– डिगबहादुर लिम्बु

पूर्वमहामन्त्री सिटौला पक्षले जितेका जिल्ला र सभापतिः
१.झापा–  देउमान थेवे
२.बागलुङ– जित शेरचन


पक्ष नखुलेकोः
जाजरकोट- बेदराज सिंह

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्