काठमाडौं – काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीबाट हिजो (सोमबार) बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ।
उक्त खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्। उनको खोजीकार्यको लागि सशस्त्र प्रहरीले गोताखोरसहितको टोली परिचालन गरेको हो।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्रको अस्थायी सुरक्षा बेश पनौतीबाट इन्स्पेक्टर भीमसेन केसीको कमाण्डमा खटिएको टोलीले फेला नपारेपछि अर्को टोली पनि खटाइएको छ।
खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन्।
लगत्तै, हिजोबाटै उनको खोजी कार्य सुरु गरिएको थियो। फेला पर्न नसकेपछि उनलाई आज बिहान पुनः खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।