काठमाडौं- विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन्।
मंगलबार मध्यरात सम्ममा खाडी लगायतका मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका ११ किलो सुन भन्सार कार्यालयले बरामद गरेको हो। काँचो सुनलाई बाला आकार बनाएर ल्याएका १२१ यात्रुबाट ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
बाला आकारमा सुन ल्याएकाहरुले राजश्व तिरेरको खण्डमा फिर्ता दिइएको छ। २१२ यात्रुमध्ये १४७ जनाले राजश्व तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन्। जसबाट ६७ लाख ३० हजार ९१२ रुपैयाँ संकलन भएको जनाइएको छ।
७४ जनाले राजश्व नतिरेका कारण ४ किलो सुन काउन्टरमा डिपोजिट रहेको भट्टराईले जानकारी दिए। राजश्व तिरेर उनीहरुले उक्त सुन लान सक्ने नभए जफत हुने विमानस्थलले जनाएको छ।
नियम अनुसार ५० ग्राम सुनका गहना भन्सार नतिरि ल्याउन पाइन्छ भने २ सय ग्रामसम्मको सुनका गहना भन्सार तिरेर लैजान पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।