काठमाडौं– आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले सेयरधनीलाई बोनस सेयर र नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।
हाल १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात् १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।