काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित बोनस शेयर वितरणपश्चात ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।