फाइल फोटो
काठमाडौं– कोभ्याक्स सुविधामामार्फत आज (बुधबार) थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ।
आज दिउँसोसम्म उक्त खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए। यसै साता थप खोप पनि आउने उनको भनाइ छ।
कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।