काठमाडौं– अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर बदली रही केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
राति सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली भू(भागका केही स्थानहरूमा हिमपात सम्भावना रहेको छ। दैनिक रुपमा तापक्रम घटिरहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।