काठमाडौं- सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि २० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले कास्की ७ पोखरामा आयोजना सञ्चालन गरिहेको छ। अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रकृया अघि बढाउनेछ। यसमा बिक्री प्रबन्धकको काम बैंक अफ काठमाडौं (बीओके) क्यापिटल मार्केटले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।