काठमाडौं– नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड ७८ लाख रूपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार विभिन्न कोषहरुमा रहेको रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। त्यसका लागि राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड ६४ लाख रूपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १६ करोड ६१ लाख रूपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ५ करोड ५३ लाख रूपैयाँ लगानी गर्ने भएको छ।
३६६ दिनका लागि मुद्दती निक्षेपमा उक्त रकम राख्न लागेकोले उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव गर्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।