काठमाडौं– एनएमबि बैंकले लाभांश प्रस्ताव पारित गर्न आउँदो पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
यस्तै, बैंकको जारी पूँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने अजेन्डा पनि रहेको छ।
बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ।
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।