काठमाडौं– समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो।
समिट र सजिलो लघुवित्त मर्ज भएर गतवर्ष मात्र एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने करको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।