काठमाडौं– अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर बदली रही केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।