काठमाडौं– नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्।
डा पौडेलले ५०७२ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनले उनका निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादवभन्दा दोब्बरभन्दा बढी मत ल्याएका हुन्।
यादवले २४३७ मत पाए। यस्तै, अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवको ७६२ मत पाएका छन्।सदस्यहरुमा सबैभन्दा बढी मत ल्याएर डा हुलास अग्रवाल विजयी भएका छन्। उनले ४४५९ मत पाए।
यता, डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जन शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र सदस्यमा विजयी भएका छन्।
काउन्सिल निर्वाचनमा ९ हजार ३१८ मत खसेको थियो। एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जना चुनावी मैदानमा उत्रिएका थिए।
काठमाडौं उपत्याका बाहिर ३ र ४ गते उपत्यकाभित्र र धुलिखेलमा १० र ११ गते मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।