काठमाडौं– म्याग्दीको घाप्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।
सोमबार सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात घाप्पामा प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटना भएको हो।
दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–१ घाप्पाका काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।
घटनामा गाडी धनीसमेत रहेका चालक दूतबहादुर पुन, मनोज पुन, भीम फगामी, बलबहादुर विक र नाम नखुलेका एक यात्रु घाइते भएका छन्।
केही घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ। बेनी अस्पतालमा उपचार हुन नसक्ने घाइतेहरुलाई भने थप उपचारका लागि पोखरा रिफर गरिएको अध्यक्ष भण्डारीलेले जानकारी दिए।
उकालो सडकको साँघुरो घुम्तीमा जीपले ‘टर्निङ’ लिन नसक्दा सडकदेखि झन्डै ५० मिटर तल जंगल भएको खोल्सामा खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।