काठमाडौं- पछिल्लो एक हप्तामा बैंकहरुको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेको छ। सोही अवधिमा निक्षेप संकलन भने छ अर्ब रुपैयाँले घटेको छ।
नेपाल बैंकर संघको तथ्यांकअनुसार मङ्सिर ३ देखि १० गतेसम्मको अवधिमा बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
यस अवधिसम्म वाणिज्य बैंकहरुले कूल ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्। गत हप्तासम्म बैंकहरुले गरेका कर्जाको आकार ४० खर्ब ४१ अर्ब रुपैयाँ थियो।
यस्तै, मंसिर ३ देखि १० गतेसम्म बैंकहरुको निक्षेप संकलन छ अर्ब रुपैयाँले घटेको छ।
बैंकहरूमा यो अवधिसम्म कर्जा र निक्षेपको औसत अनुपात ९० प्रतिशत नाघेको छ। बैंकर्स संघका अनुसार १० मङ्सिरसम्ममा बैंकहरूको सीडी रेसियो ९०.९३ प्रतिशत रहेको छ।
यो अनुपात राष्ट्र बैंकले घटाउँदै गएर असार मसान्तभित्र ९० प्रतिशतभन्दा कम बनाउन निर्देशन जारी गरेको छ। सीडी रेसियो बढ्दा बैंकहरूमा लगानीयोग्य रकम सकिँदै जाने र कर्जा प्रवाह गर्न नसक्ने अवस्था आउने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।