काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ। आज पुँजी बजार मापक परिसूचक 'नेप्से' २१.५१ प्रतिशतले घटेर २६२९.९६ विन्दुमा झरेको छ।
आइतबार नेप्से ८०.२९ अंकले घटेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। आइतबार पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज चार अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। आज कारोबारमा आएका २२८ कम्पनीका ८२ लाख २५ हजार ८२२ हजार कित्ता सेयर किनबेच भएका छन्।
यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा ओर्लिएको छ।
सोमबार कारोबारमा आएका दुई कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ। न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको हो। आज आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेपछि सर्किट लागेको हो।
आज १३ मध्ये दुई उपसमूहको बाहेक बाँकी सबै उपसमूहको सूचक राताम्य बनेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै घटेको छ।
कूल ६१ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित खरिद-बिक्री रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रोमा नेसनल हाइड्रोपावर र तेस्रोमा आईसीएफसी फाइनान्स परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।