काठमाडौं– महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।