काठमाडौं– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो। सोही दिनबाट उपचार सुरु गरिएको थियो। चीनमा उपचार सुरु गरेको चौथो दिनमा नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।
पछिल्लो परिक्षण अनुसार नेता पुनमा देखिएको जण्डिस (बिलरुविन)को मात्रासमेत घटेर १८ मा झरेको छ। यस अघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो। उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।
नेता पुनले गएराति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडियोमा कुराकानी गरेका थिए।
बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।